धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली

धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली

उदयपुर / त्रियुगा नगरपालिका– ७ स्थित धौरी सरस्वती गाउँमा पहिलो पटक बिजुली पुगेको छ । राष्ट्रिय प्रशारण लाइनमा जोडिएसँगै परराष्ट्रमन्त्री डा. नारायण खड्काले धौरी सरस्वतीमा विद्युतीकरणको उद्घाटन गरे । स्थानीय ७२ घरपरिवारमा बिजुली पुगेको हो ।

त्रियुगा नगरपालिका वडा नम्बर ७, त्रियुगा नगरपालिका, स्थानीय र विद्युत प्राधिकरणको संयुक्त लगानीमा लामो समयको मिहिनेनतपछि बिजुली विस्तार भएको त्रियुगा नगरपालिका वडा नम्बर ७ का वडा सदस्य उद्धब काफ्लेले जानकारी दिए । परराष्ट्रमन्त्री डा. खड्काले त्रियुगा नगरपालिका–७ का सरस्वती आधारभुत विद्यालयका बालबालिकालाई ४२ थान न्यानो कपडा र कम्प्युटर हस्तान्तरण पनि गरेका छन्।

सम्बन्धित खवर