भूमी आयोगले आजैबाट काम थाल्ने

भूमी आयोगले आजैबाट काम थाल्ने

पथरी, भूमी आयोगले मोरङको पथरी शनिश्चरे नगरपालिका क्षेत्रमा तत्काल काम थाल्ने जनाएको छ ।

आयोगले हिजो नगरका राजनीतिक दलका प्रतिनिधि सम्मिलित आयोगको सहयोग एवम समन्वय समितिसङ्ग छलफल गर्ने क्रममा आयोग केन्द्रीय सदस्य सरिता महर्जन र जिल्ला अध्यक्ष सुशीला घिमिरेले तत्काल काम थालिने बताउनु भएको हो । अघिल्लो आयोगले गरेको सबै कामको अपनत्व लिदै कम्प्युटर सफ्टवेयरमा दर्ता हुन बाकी रहेकाको तथ्यांक दर्ता गर्ने सहितका प्रक्रिया अघि बढाइने जनाउनु भयो ।

छलफलमा प्रदेश सांसद कृष्णकुमारी राई, नगर प्रमुख दिलीपकुमार राई, नगर उपप्रमुख यमुना विष्ट वास्तोला सहित दलका प्रतिनिधिहरूले लामो समयदेखि जकडिएर बसेको भूमी समस्याको दिगो र न्यायोचित समाधानका लागि हरतरहले सहयोग पुर्याउने बताउनु भयो । आजैबाट काम थाल्ने भन्दै आयोगले १ जना सर्भेक्षक र २ जना अमिनको ब्यबस्थापन समेत गरिसकेको उल्लेख गरेको छ ।

सम्बन्धित खवर