पथरीशनिश्चरे १० मा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, १५० जना लाभान्वित

पथरीशनिश्चरे १० मा नोबेलको निःशुल्क स्वास्थ्य शिविर, १५० जना लाभान्वित

पथरी / नोबेल अस्पताल विराटनगरले मोरङको पथरीशनिश्चरे वडा नं १० मा सञ्चालन गरेको निशुल्क स्वास्थ्य शिविरमा १५० जनाले स्वास्थ्य लाभ लिएका छन् ।

जालपासिंहदेवि आधारभुत विद्यालयमा बसेको स्वास्थ्य शिविरमा एक्सरे, भिडियो एक्सरे, इसिजि लगायतका सेवाहरु दिइएको थियो । २ दिने स्वास्थ्य शिविरको पहिलो दिन जालपासिंहदेवि आधारभुत विद्यालयबाट सेवा प्रदान गरीएको थियो । शिविरको दोश्रो दिन भोली बाल नमुना अंग्रेजी स्कुलबाट सेवा दिने बताइएको छ । नोवेल अस्पताल बिराटनगरले विगत ५ वर्षअघिदेखि गाउँ–गाउँमा निशूल्क स्वास्थ्य शिविर राख्दै आएको छ ।

सम्बन्धित खवर