बेतिनी सामुदायिक वनमा पूनः भीम बहादुर राई निर्वाचित कस्ले कति मत पाए ?

बेतिनी सामुदायिक वनमा पूनः भीम बहादुर राई निर्वाचित कस्ले कति मत पाए ?

भीमराज अधिकारी, उर्लाबारी

बेतिनी सामुदायिक वन उपभोक्ता समूह उर्लाबारी–२, मोरङको छैठौं चुनावी साधारणसभाले भिम बहादुर राईलाई पूनः अध्यक्ष पदमा निर्वाचित गरेको छ ।

शनिबार भएको चुनावमा राईले भारी मतान्तरका साथ अन्य २ जना प्रतिस्पर्धीलाई पाखा लगाउदै निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिस्पर्धी कृष्ण प्रसाद दाहालले ३१२ मत ल्याउदा राईले ५३७ मत सहित बिजयी भएका हुन् । अध्यक्ष पदका अर्का उम्मेद्वार ज्योती थापाले १८५ मत प्राप्त गरे ।

यस्तै उपाध्यक्षमा ४२० मत सहित श्याम ढकाल बजियी भए उनका प्रतिस्पर्धी उम्मेद्वार कुल बहादुर प्रधानले ३०८ र नर बहादुर गुरुङले २३५ मत ल्याए । सहसचिवमा ४६६ मत सहित मित्र प्रसाद आचार्य बिजयी भए उनका प्रतिस्पर्धी उम्मेद्वार रोहित आचार्यले ४१० मत ल्याए । यस्तै कोषाध्यक्ष पदमा ३५० मत सहित अर्जुन बास्तोला निर्वाचित भए भने उनका प्रतिस्पर्धी कृष्णराज गिरीले २८४ मत ल्याए ।

लेखा संयोजकमा ४२४ मत सहित देवमणि न्यौपाने विजयी भए न्यौपानेका प्रतिस्पर्धी कमल प्रसाद लुइटेलले ३६७ मत ल्याए ।

सम्बन्धित खवर