गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धन बैठक

गण्डकी प्रदेशमा पाँच दलीय गठबन्धन बैठक

पोखरा : राष्ट्रिय सभाको निर्वाचनका सन्दर्भमा पाँच दलीय गठबन्धनको समीक्षा बैठक गरेको छ ।

माघ १२ गते सम्पन्न राष्ट्रिय सभाको निर्वाचनमा गठबन्धनका उम्मेदवारहरु सुरेश आलेमगर, कमला पन्त, भुवनबहादुर सुनार शानदार ढंगमा विजयी हुनुभएकोमा उहाँहरुमा हार्दिक बधाई तथा सफल कार्यकालका लागि शुभकामना व्यक्त गरेको छ ।

बैठकले गठबन्धनको आवश्यकता र औचित्यतालाई थप पुष्टी गर्दै प्रजातन्त्र÷लोकतन्त्र र संविधानको रक्षाका लागि गठबन्धनलाई निरन्तरता दिनुपर्ने पनि निश्कर्ष निकाल्यो ।

समीक्षाका सन्दर्भमा हाम्रो पक्षमा गम्भीर कमीकमजोरी रहन गएको हुँदा आ–आफ्नो पार्टीमा छलफल गरी यसलाई अनुशासनको विषयवस्तु बनाउने पनि निर्णय गरेको विज्ञप्तीमा उल्लेख छ ।

निर्वाचन सम्पन्न गर्न प्रत्यक्ष वा अप्रत्यक्षरुपमा संलग्न हुनुहुने सबै निकायहरुलाई हार्दिक आभारसहित धन्यवाद् व्यक्त गरेको छ ।

अन्त्यमा, निर्वाचित हुनुभएका सुरेश आलेमगर, कमला पन्त र भुवनबहादुर सुनारलाई देश जनता, प्रजातन्त्र÷लोकतन्त्र र संविधानको पक्षमा दृढतापूर्वक उभिन बैठकले हार्दिक अनुरोध गरेको छ ।

सम्बन्धित खवर