मादक पदार्थ सेवन गरि बाबुको घाटी थिचेर हत्या

मादक पदार्थ सेवन गरि बाबुको घाटी थिचेर हत्या

पथरी, मोरङको बेलबारी ९ का जय बहादुर खत्रीले आफ्नै बाबुको घाटी थिचेर हत्या गरेका छन् ।

वडा नं. ९ डाँगा बजार निवासी ३५ वर्षीय खत्रीले माघ १२ गते बेलुका आफ्नै १३ वर्षीय छोरीलाई धेरै बाहिर हिडेको भन्दै गाली गरिरहेका थिए । सुतिरहेकी छोरीलाई गाली गरेको देखेपछि किन छोरीलाई किन हातपात गरेको भनेर छुट्याउदा निज खत्रिले बाबुको घाटी थिच्दा ८८ वर्षीय दल बहादुर खत्रीको मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलबारीले जनाएको छ ।

आरोपित खत्रीलाई पक्राउ गरी मोरङ जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरि इलाका प्रहरी कार्यालय बेलाबारीले अनुसन्धान गरिरहेको जनाएको छ ।

सम्बन्धित खवर