कोभिड बढेसँगै कारागारमा प्रत्यक्ष भेटघाट बन्द

कोभिड बढेसँगै कारागारमा प्रत्यक्ष भेटघाट बन्द

रासस / कोरोना सङ्क्रमण बढेसँगै जुम्लाको कारागारमा रहेका कैदीबन्दीसँगको भेटघाट बन्द गरिएको छ । कारागारमा प्रशासनले कोरोना सर्न सक्ने भन्दै कैदीबन्दीलाई आफन्तसँग भेटघाट बन्द गरेको हो । कारागारका जेलर विष्णुबहादुर महतका अनुसार भेटघाटका क्रममा कोरोना फैलन सक्ने भएकाले बन्द गरिएको बताउनुभयो ।

कारागार व्यवस्थापन विभागको परिपत्रअनुसार प्रत्यक्ष भेटघाट बन्द गरिएको हो । कारागार घेराबारदेखि बाहिर कम्तीमा १५ मिटर टाढाबाट मात्रै आफन्तले भेटघाट र कुराकानी गर्न सक्ने कारागार कार्यालयले जनाएको छ । यस्तै स्थानीय प्रशासनले सार्वजनिकस्थलमा २५ जनाभन्दा बढी जमघट र भेला हुनसमेत रोक लगाएको छ । जोखिम बढेसँगै कैदीबन्दीका आफन्तसँग भेटघाटमा रोक लगाइएको हो । अहिले कारागारमा १६ कैदीबन्दी बिरामी छन् । उनीहरूलाई ज्वरो आउने, टाउको जीउ दुख्ने लक्षण देखिएको छ । उनीहरूलाई औषधि चलाएको कारागारका अहेब महेश महतले बताउनुभयो ।

कैदीबन्दीलाई औषधि चलाए पनि कोरोना परीक्षण भने गरिएको छैन । कोरोनाको पहिलो र दोस्रो लहरमा जुम्ला कारागारका कैदीबन्दी प्रभावित भएका थिए । दोस्रो लहरका यहाँ १४ जना सङ्क्रमति भएका थिए । त्यसमध्ये एक जनाको मृत्यु भएको थियो । अहिले कारागारमा एक महिलासहित ११५ कैदीबन्दी रहेको कारागार कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: