थ्रीस्टारलाई हराउदै आर्मी आहा राराको सेमिफाईनल प्रवेश

थ्रीस्टारलाई हराउदै आर्मी आहा राराको सेमिफाईनल प्रवेश

पोखरा : २० औं संस्करणको आहा रारा गोल्डकपमा रुस्लान थ्रीस्टारलाई क्र्वाटरफाईनलमै रोक्दै त्रिभुवन आर्मीे सेमिफाईनल प्रवेश गरेको छ ।

टंक बस्नेतको स्थानमा मैदान छिरेका प्लयेर अफ दि म्याच राजीव गुरुङले ७० औं मिनेटमा गोलको खडेरी तोडेका थिए ।
आर्मीलाई जितको हकदार बनाउन उनले जर्ज प्रिन्स कार्कीको पासलाई उपयोग गरे ।

सेन्टर लाईन नजिकै प्रिन्सले बल दिने क्रममा थ्रीस्टारका डिफेण्डर चिप्लिएर लडेपछि राजीवले वान भर्सेस वानको अवस्थामा गोल गर्दै आर्मीको जित पक्का बनाए । आर्मीले अब फाईनल प्रवेशका लागि मनाङ मस्र्याङ्दी क्लबसँग खेल्ने छ ।

त्रिभुवन आमीले दुई वर्ष अघिको पोखराकै मैदानमा थ्रीस्टारसँग फाईनलमा पराजित हुदैं उपाधि उचाल्ने सपना पुरा गर्न सकेको थिएन् ।

हिमश्री फुड्सका मुख्य प्रायोजन तथा सहारा क्लबको आयोजनामा सञ्चालित प्रतियोगितामा बुधबार पहिलो सेमिफाईनल खेल एपिएफ र मछिन्द्र बीच हुने छ ।

सम्बन्धित खवर