माओवादी नेता पुन आज स्वदेश फर्किँदै

माओवादी नेता पुन आज स्वदेश फर्किँदै

काठमाडौँ / नेकपा माओवादी केन्द्रका नेता पूर्वमन्त्री वर्षमान पुन आज स्वदेश फर्कने भएका छन् । उपचारको क्रममा चीनमा रहेका पुन आज स्वदेश फर्कने भएका हुन् ।

पूर्वसभामुखसमेत रहेकी पत्नी ओनसरी घर्तीका साथ आज अपराह्न उनी नेपाल आउन लागेका हुन् । नेता पुनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा जण्डिसको उपचार भएको थियो । उनको स्वास्थ्य अवस्था हाल सामान्य बनेको बताइएको छ ।

सम्बन्धित खवर