एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण

एमाले अध्यक्ष ओली र पत्नी राधिकालाई कोरोना संक्रमण

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

शनिबार पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ देखिएको सचिवालयले जनाएको छ । उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको र घरमै आराम गरिरहनु भएको सचिवालयको भनाइ छ ।

अध्यक्ष ओलीसँगै ओली पत्नी राधिका शाक्यलाई पनि पोजिटिभ देखिएको छ ।

अध्यक्ष ओलीलाई कोरोना पोजिटिभ देखिएपछि आज हुने भनिएको पत्रकार सम्मेलन स्थगित गरिएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले बताउनुभयो । एमालेले प्रधानमन्त्रीको बक्तव्य तथा समसायिक राजनीतिक, आर्थिक र स्वास्थ्य क्षेत्रबारे बक्तव्यमार्फत धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।

सम्बन्धित खवर