मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

मध्यपश्चिम विश्वविद्यालयका परीक्षाका कार्यक्रम स्थगित

रासस / मध्यपश्चिम विश्वविद्यालय परीक्षा व्यवस्थापन कार्यालयले परीक्षाका सबै कार्यक्रम स्थगन गरेको छ । परीक्षा व्यवस्थापन कार्यालयले कोभिड–१९ को नयाँ भेरियन्टको सङ्क्रमण फैलावटका कारण आजदेखि परीक्षा स्थगन भएको जनाएको छ ।

परीक्षा व्यवस्थापन प्रमुख डा आनन्दप्रसाद सुवेदीले अर्को सूचना जारी नभएसम्म परीक्षा स्थगन गरिएको जानकारी दिनुभयो । यही माघ २ गतेदेखि इञ्जीनियरिङ सङ्कायअन्तर्गत स्नातक तह प्रथम सेमेस्टरको परीक्षा चलिरहेको थियोे । स्थगन गरिएका परीक्षाका कार्यक्रम कम्तीमा सात दिनको सूचना दिई पुनः प्रकाशन गरिने परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।

सुर्खेत जिल्ला क्रिकेट सङ्घमा नयाँ नेतृत्व

सुर्खेत जिल्ला क्रिकेट सङ्घको चुनावी साधारणसभाले श्रीधर केसीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ । वीरेन्द्रनगरमा विहीबार सम्पन्न साधारणसभाले केसीको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको हो ।

क्रिकेट सङ्घ जिल्ला अधिवेशन निर्वाचन समितिका अनुसार उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुसाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन हुनुभएको छ । सदस्यमा पदमबहादुर खड्का, नरेशसिं थापा, सूर्यविक्रम थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनकविक्रम शाही, भुवन कोइराला, रोशन शाही, विदुर केसी र सम्राट राई चयन हुनुभएको छ ।

सम्बन्धित खवर