पथरी / मोरङको पथरी बहुमुखी क्याम्पसको जग्गा संक्षणको माग गर्दै सो क्याम्पसका विदार्थी संगठनले नगरप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । क्याम्पसमा अध्ययनरत विदार्थीहरुको संगठन ने.वि.संघ, अखिल क्रान्तिकारी, अनेरास्ववियु(समाजवादी), लिम्बू विदार्थी मञ्च र किराँत राई विद्यार्थी संगठनले नगरप्रमुख दिलिपकुमार राईलाई ज्ञापनपत्र बुझाउँदै जग्गा संरक्षणको माग गरेका हुन् ।
पथरी शनिश्चरे नगरपालिका वडा नं. १ मा रहेको जोरधारा चौक र सम्झना बस्ती जोड्ने द्रुत मार्ग खोल्ने क्रममा क्याम्पसको जग्गा अतिक्रमण गर्न खोजेको भन्दै विदार्थीहरुले आपत्ती जनाएका हुन् । क्याम्पसको जग्गा मिचेर
बाटोको निकासका लागि २०७८ माघ ५ गते पथरीशनिश्चरे नगरपालिकाका प्रमुख दिलिपकुमार राईको समन्वयमा बैठक बसेको थियो । उक्त बैठकमा सरोकारवाला पक्षहरु बिच सहमति जुट्न सकेको थिएन । क्याम्पस सञ्चालक समिति, क्याम्पस प्रशासन, विद्यार्थी संगठन र उपभोक्ता समितिका बीचमा सहमति निकाल्न बसेको बैठकमा उपभोक्ताहरु आक्रामक शैलीमा हुल हुज्जत बाँधिएर क्याम्पस सञ्चालक समिति र प्रतिनिधिहरुमाथि दवाव सिर्जना गरेको विज्ञप्तीमा उल्लेख छ ।
क्याम्पस सञ्चालक समितिका अध्यक्ष र प्रतिनिधि माथि दवाव सिर्जना गर्दै जबरजस्ती बाटो बनाउँछौ भन्ने भनाइप्रति विद्यार्थी संगठनले खेद प्रकट गरेको छ । सुखद जनजीवनका लागि बाटो अत्यावश्यक रहेको र त्यसमा कसैलाई बञ्चित गर्न नहने कुरा उल्लेख गर्दै क्याम्पसको केही जग्गालाई छुट्टयाएर बीचबाट बाटो खोल्ने कुरा कुनै पनि हालतमा सम्भव नरहेको विज्ञप्तीमा उल्लेख छ । सार्वजनीक सम्पती क्याम्पसको जग्गा जोगाएर पश्चिम तर्फबाट बाटो खोल्न सम्बन्धित उपभोक्तालाई अनुरोध गर्दै नगरपालिकालाई सोहीअनुसार गराउन विद्यार्थी संगठनको माग छ ।
उपभोक्ताले सहमति नखोजी आक्रामक तरिकाले बाटो बनाउन लागे विद्यार्थी संगठन क्याम्पसको जग्गा संरक्षणका लागि प्रतिरक्षमा उत्रने चेतावनी विद्यार्थीहरुले दिएका छन । यदि क्याम्पसलाई असर पुग्ने कुनै किसिमको कार्य भएमा तत्पश्चात विद्यार्थी संगठनहरु आन्दोलनको जुनसुकै हद सम्म जान विज्ञप्तीमा उल्लेख छ । आन्दोलनको क्रममा हुने सम्पूर्ण क्षतिको जिम्मेवारी क्याम्पस पक्षको नभई सम्बन्धित निकायको लिनुपर्ने समेत विज्ञप्तीमा उल्लेख छ ।
उता अनेरास्ववियू पथरी बहुमुखी क्याम्पस कमिटिले पनि विबाद र घटनाको खेद प्रकट गर्दै छुट्टै विज्ञप्ती निकालेको छ । सोहि प्रकारको विज्ञप्ती निकाल्दै क्याम्पसको जग्गा संरक्षणका लागि नगर प्रमुखलाई विज्ञप्ती बुझाएको हुन् ।