आगो तापिरहेको अवस्थामा ढिस्को खस्दा २ जनाको मृत्यु

आगो तापिरहेको अवस्थामा ढिस्को खस्दा २ जनाको मृत्यु

रुपन्देही, बुटवल उपमहानगरपालिका वडा नं. ११ प्रगतिनगरमा तिनाउको ढिस्को खस्दा दुई जनाको मृत्यु भएको छ भने तीन जना घाईते भएका छन् ।

लुम्बिनी प्रादेशिक अस्पतालका अनुसार मृत्यु हुनेमा गणेश थापा ३२, शिव थापा ३५ रहेका छन् । हिजो साँझ ढिस्कोमा आगो तापिरहेको अवस्थामा ढिस्को नै खसेपछि उनीहरु पुरिएको भन्ने खबर पाएपछि प्रहरी उद्दारका लागि पुगेको थियो । तल तटबन्द बनाउनका लागि खनेको स्थानमा माथिको ढिस्को खसेको बताइएको छ ।

अझै पनि केही मान्छे पुरिएको आंशकामा जेसिबी प्रयोग गरी खोजि गरिएको प्रहरीले बताएको छ । ढिस्को खसेको ठाउँमा पानी भएका कारण उद्दारका लागि कठिनाइ भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर