विराटनगरस्थित कोशी अस्पतालका ७५ जना स्वास्थ्यकर्मीमा कोरोना देखिएको छ । अस्पतालमा कार्यरत चिकित्सकसहित ७५ कर्मचारीमा कोरोना देखिएपछि अस्पतालकाे सेवा प्रभाव प्रभावित बनेको छ ।
अस्पतालमा कार्यरत ११ जना डाक्टर, नर्स, पारामेडिक्स र कर्मचारीहरुमा कोरोना देखिएको अस्पतालका मेडिकल सुपरीडेन्डेट डा. चुमनलाल दासले जानकारी दिनुभयो । अस्पतालमा कार्यरत ठुलो संख्यामा स्वास्थ्यकर्मीहरु संक्रमित भएपछि सेवा प्रवाहमा समस्या भएको दासले बताउनुभयो । सबै संक्रमितहरु हाल होम आइसुलेसनमा रहेको दासले जानकारी दिनुभयो ।
कोशी अस्पतालमा दैनिक १ हजार बढिले सेवा लिन आउने गरेका छन् । ठुलो जनशक्ती कोरोना संक्रमणमा परेपछि अस्पतालको सेवा नियमित गर्न समस्या भइरहेको दासले जानकारी दिनुभएको छ ।