नगर अस्पताल रेखदेख समिति गठन, तत्काल इमरजेन्सी सेवा सञ्चालन गर्ने

नगर अस्पताल रेखदेख समिति गठन, तत्काल इमरजेन्सी सेवा सञ्चालन गर्ने

पथरी, मोरङको पथरी शनिश्चरे नगर अस्पताल व्यवस्थापन समितिको आजको बैठकले अस्पताल रेखदेखका लागि समिति गठन गरेको छ ।

नगर प्रमुख एवम् अस्पताल व्यवस्थापन समिति अध्यक्ष दिलीपकुमार राईको अध्यक्षतामा सम्पन्न बैठकले नगर अस्पताल तथा नवनिर्मित भवन सम्पन्न र रेखदेखका लागि जग्गादाता समाजसेवी बाबुराम राई संयोजक र होमबहादुर गुरुङ, धनमाया गुरुङ र एकराज खत्री सदस्य रहेको समिति गठन गरेको छ । बैठकले चाँडो भन्दा चाँडो रुपमा अस्पतालमा इमरजेन्सी सेवा सञ्चालन गर्ने पनि निर्णय गरेको स्वास्थ्य शाखा प्रमुख मुरारी आचार्यले जनाउनु भयो ।

सम्बन्धित खवर