मोटरसाइकल दुर्घटनामा परि नेपाल दर्शन कलेज उर्लाबारीका विद्यार्थीको मृत्यु

मोटरसाइकल दुर्घटनामा परि नेपाल दर्शन कलेज उर्लाबारीका विद्यार्थीको मृत्यु

उर्लाबारी, मोरङको उर्लाबारी(३ स्थित सोल्टी खोला पुलमा बुधबार बिहान ट्याक्टर र मोटरसाइकल एक आपसमा ठक्कर खादा मोटरसाइकल चालकको घटना स्थलमै मृत्यु भएको छ ।

पुर्बपस्चिम राजमार्ग स्थित सोल्टी खोला पुलमा बिहान करिब ५ः३० बजेको समयमा पुर्ब बाट पश्चिम् आउँदै गरेको को २ त ८२९६ नम्बरको ट्याक्टर र बिपरित दिशाबाट गई रहेको प्रदेश १–०१–०१२ प ७१५२ नम्बरको पल्सर मोटरसाइकललाई ठक्कर दिदा मोटरसाइकल चालक उर्लाबारी ७ का निस्चल बानियाको घटना स्थलमै मृत्यु भएको ईलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ ।

उर्लाबारी स्थित नेपाल दर्शन कलेज कक्षा ११ मा अध्ययनरत वर्ष २१ का बानिया उर्लाबारीबाट मोटरसाईकलमा साथीलाई लिन मगलबारे आएका र फर्किने क्रममा दुर्घटनामा परेको बुझिएको छ ।

मृतक बानियाँको शब पोस्टमार्ट्मका लागि उर्लाबारी मंगलबारे स्थित मदन भण्डारी अस्पताल एण्ड ट्रमा सेन्टरमा राखिएको छ । ट्याक्टर र ट्याक्टरका चालक अस्थायी प्रहरी कार्यालय मंगलबारेको नियन्त्रणमा रहेको ईलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राजाराम खड्काले बताए ।

प्रहरीका अनुसार ट्याक्टरका चालक मिक्लाजुङ गाउपालिका वडा नम्बर ६ बस्ने बर्ष १९ का मोहन तामाङ रहेको र उनको चालक अनुमति पत्र समेत नभएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर