पथरीशनिश्चरे ९ मा उद्यमशीलता विकास तालिम सम्पन्न

पथरीशनिश्चरे ९ मा उद्यमशीलता विकास तालिम सम्पन्न

पथरी, गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत मोरङको पथरी शनिश्चरे वडा नम्बर ९ मा ८ दिने उद्यमशीलता विकास तालिम आज सम्पन्न भएको छ ।

नगरको लघु उद्यम विकास शाखामार्फत सञ्चालित तालिमको समापनका अवसरमा नगर प्रमुख दिलीपकुमार राईले तालिममार्फत आफुहरु व्यवसायिक वन्ने शुभकामना व्यक्त गर्दै उत्पादित वस्तुको बजारिकरणको लागि नगरपालिकाले सहयोग पुर्याउनु वताउनु भयो ।

कार्यपालिका सदस्य निर्मला गदालको अध्यक्षताको कार्यक्रममा ६ नम्बर वडाध्यक्ष जयबहादुर तामाङ, ९ नम्बर वडा सदस्य इन्द्रावती गुरुङ, घरेलु तथा साना उद्योग शाखा प्रमुख हेमचन्द्र दहाल, कृषि शाखा प्रमुख सावित्रा कार्कीले शुभकामना मन्तव्य व्यक्त गर्नुभयो । तालिममा ३० जनाको सहभागिता रहेको छ । तालिममा बरिष्ठ उद्यम सहजकर्ता सपना कार्की र उद्यम सहजकर्ता भगवती कटुवालले सहजिकरण गर्नुभएको थियो । तालिमपछि बढीले ब्याग बनाउने उद्यम रोजेका छन् । त्यसैगरी, बाख्रा, बंगुर पालन र बेमौसमी तरकारी खेती गर्ने इच्छा व्यक्त गरेका छन् ।

उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयको गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम अन्तर्गत गत वर्षबाट नगरमा यसखाले कार्यक्रम अघि बढेको हो ।

सम्बन्धित खवर