फोनिज अधिवेशन जारी, नगर प्रमुख राई सम्मानित

फोनिज अधिवेशन जारी, नगर प्रमुख राई सम्मानित

पथरी, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १ नम्बर प्रदेशको अधिवेशन जारी रहेको छ ।

मोरङको पथरीशनिश्चरे २ मा रहेको सिन भिलेज पार्टि प्यालेसमा मंगलबार देखि जारी अधिवेशन बुधबार समापन हुनेछ । फोनिजले सोही कार्यक्रममा आज मोरङको पथरीशनिश्चरे नगर प्रमुख दिलीपकुमार राई सहितलाई सम्मानित गरेको छ ।

१ नम्बर प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री इन्द्र आङ्वोले पथरी शनिश्चरेमा आयोजित फोनिजको दोस्रो प्रदेश अधिवेशन उद्घाटनका अवसरमा नगर प्रमुख राई सहितलाई सम्मानपत्रले सम्मानित गर्नुभएको छ । फोनिजका केन्द्रीय अध्यक्ष डण्ड गुरुङलाई अभिनन्दन गरिएको छ ।

नगर प्रमुख राईले आफ्नो नगरमा जारी अधिवेशनको सफलताको शुभकामना व्यक्त गर्दै फोनिजको नयाँ समितिमार्फत जातीय सद्भाव सहितको समुन्नत समाज निर्माणमा सञ्चार क्षेत्रको सक्रियताको अपेक्षा गर्नुभयो ।

सम्बन्धित खवर