फोनिजको दोस्रो प्रादेशिक अधिवेशन पथरीमा हुने

फोनिजको दोस्रो प्रादेशिक अधिवेशन पथरीमा हुने

भीमराज अधिकारी, पथरी

आदिवासी जनजाती पत्रकार महासंघ फोनिज प्रदेश १ को दोस्रो प्रादेशिक अधिवेशनको तयारी भइरहेको छ । पौष २७ र २८ गते हुने अधिवेशन मोरङको पथरीशनिश्चरे स्थित सिन भिलेज पार्टी प्यालेसमा गर्ने तयारी भएको पत्रकार सम्मेलन गरि जानकारी दिएकाे छ ।

२७ गते हुने उद्घाटन कार्यक्रमको प्रमुख अतिथि प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राई रहने जनाइएको छ । पथरीशनिश्चरे नगर प्रमुख दिलिप कुमार राई, उपप्रमुख यमुना विष्ट सहित फोनिज केन्द्रिय अध्यक्ष डण्ड गुरुङ, बरिष्ठ उपाध्यक्ष गजुरधन राई, महासचिव मनोज घर्ती मगर, नेपाल पत्रकार महासंघ, राजनीतिक दल निकटका पत्रकार संगठनहरु, मधेसी, दलित पत्रकार संगठनहरुका अध्यक्षहरुको सहभागीतामा कार्यक्रम उद्घटन हुने छ ।

उद्घाटन सत्रमा पथरीशनिश्चरेको पहिलो जाती धिमाल, सन्थाल, झँगड, च्याब्रुङ, साकेला लगायतको सांस्कृतिक झाँकी समेत रहने प्रदेश १ तथा आयोजक कमिटिका अध्यक्ष अर्जुन जम्नेली राईले जानकारी दिनुभयो । कार्यक्रममा आदिवासी जनजातीहरुको मुद्धामा कलम चलाउने पत्रकारहरुलाई सम्मान तथा पुरस्कार वितरण गर्ने उद्देश्यका साथ १० लाख रकम पु¥याउने गरी अक्षय कोषको घोषणा गर्ने, फोनिज १ नम्बर प्रदेश मुखपत्र सार्वजनिक गर्ने र नयाँ नेतृत्व चयन गर्ने कार्यक्रम रहेको राईले जानकारी दिनुभयो ।

फोनिजको हाल देशभर ६० जिल्ला समिति र ६ वटा अन्य देशहरुमा समेत संगठन रहेको फोनिज केन्द्रिय सचिव कमन देवानले जानकारी दिनुभयो । प्रदेश १ मा फोनिजका १४ वटै जिल्ला समितिहरु रहेका छन् । संघीयतालाई आत्मसाथ गर्दै फोनिजले शहर बाहिर गाउँ गाउँमा पुगेर अधिवेशनहरु गरिरहेको देवानले बताउनुभयो । २०५६ सालमा स्थापना भएको फोनिजले २०७६ साउनमा उदयपुरमा प्रथम प्रादेशिक अधिवेशन गरेको थियो ।

सम्बन्धित खवर