पथरी जेसिजमा पहिलोपटक महिला

पथरी जेसिजमा पहिलोपटक महिला

भिमराज अधिकारी, पथरी

अन्तराष्ट्रिय संस्था जेसिजको १० औँ साधारणसभाबाट वर्ष २०२२ का लागि पथरी जेसिजमा अनिता राई निर्वाचित भएकी छन् ।

यसअघिसम्म हरेक वर्ष पथरी जेसिजमा पुरुषहरुको नेतृत्वमा वर्चश्व रहँदै आएको थियो । यस पटक वर्ष २०२२ का लागि राईलाई सर्वसहमत रुपमा नेतृत्व दिइएको हो । मंगलबार पत्रकारहरुसंगको संक्षिप्त कुराकानीमा राईले वर्ष २०२२ लाई आफ्नो स्वर्णिम कार्यकाल बनाउने बताइन् । आफ्नो कार्यकालमा तालिमलाई बढि प्राथमिकतमा राखेर काम गर्ने राईको योजना रहेको छ ।

नियमित कार्यक्रमहरु स्थापना दिवश, जेसिज सप्ताह, होली मिलन जस्ता कार्यक्रमहरु गर्ने, वर्ष २०२२ लाई तालिम वर्षको रुपमा मनाउने, तालिम सप्ताह, प्रत्येक महिना कम्तीमा एकवटा तालिमको आयोजना, नेतृत्व विकास, क्षमता विकास, शाखामा संस्दीय बैठक प्रणाली अवलम्बन गर्ने, राष्ट्रि स्तरका टट लगायतका तालिमहरुमा वढि भन्दा वढि सहभागी गराउने योजना रहेको राईले जानकारी दिइन् ।

यस बाहेक अन्य सामाजिक सामुदायिक कार्यक्रमहरुको आयोजना गर्ने र शासन व्याक्तिको होइन बिधिको हुनुपर्छ भन्ने कुरालाई मुख्य रुपमा उठान गर्ने राईको योजना छ ।

राईसंगै कार्यसमितिको कार्यकारिणी उपाध्यक्षमा सिताराम दराल, सुवर्ण खत्री निर्वाचित भएका छन् । यस्तै उपाध्यक्षमा एलिना दियाली, निता कुलुङ राई, निर्मला गिरी, सुमन फुयाल र सचिवमा उज्वल लकान्द्री निर्वाचित भएका छन् । अन्य १० जना सदस्यहरुको मनोनित कार्यसमितिले गर्ने पूर्व अध्यक्ष मान बहादुर दियालीले जानकारी दिए ।

सम्बन्धित खवर