क्यान्सरपिडित महिलालाई आर्थीक सहयोग गरेर जन्मदिन मनाउदै दिपेन्द्र दाहाल

क्यान्सरपिडित महिलालाई आर्थीक सहयोग गरेर जन्मदिन मनाउदै दिपेन्द्र दाहाल

पथरी / अमेरिका निवासी दिपेन्द्र दाहालले आफ्नो जन्मदिनको अवसरमा यहाँकी क्यान्सर रोगबाट पिडित एक महिलालाई आर्थिक सहयोग गरेका छन् । मोरङको पथरीशनिश्चरे वडा नं १० स्थित जिरिखिम्ती घर भई हाल अमेरिका बस्दै आएका दिपेन्द्र दाहालले आफ्नै गाउँकी ति महिलालाई जन्मदिनको अवसरका १५ हजार रुपैयाँ आर्थिक सहयोग गरेका हुन् ।

नेपाली काङग्रेसका क्रियाशिल सदस्य समेत रहेका दाहाल विगत २ वर्षदेखि अमेरिका रहँदै आएका छन् । च्यँुडोको क्यान्सर पिडित रुपा राई झण्डै ३ वर्षदेखि उपचारको अभावमा छिन् । क्यान्सर अस्पता काठमाडौँमा करिव ४ लाख खर्च गरी उपचार गरेकी रुपा कमजोर आर्थीक अवस्थाका कारण उपचारको अभावमा रहेकि छिन् । रुपाको उपचारपछि पनि पुन क्यान्सर फैलदै गएपछि आर्थीक अभावमा उपचार हुन सकेको छैन ।

यहाँ रहँदा सामाजिक कार्यमा सधैँ अग्रसर रहने दाहाल नगरकै पुरानो सँस्था कञ्चनजंघा दैवि प्रकोप ब्यवस्थापन समितीका पूर्व अध्यक्ष, डाँस मोरङगी सामुदायीक बनको पूर्व सचिव, मोरङ सुनसरी सेवा समाजका पूर्व सचिव हुँदैै हाल एन आर एन अमेरिका (ओहायो)का बोर्ड मेम्बर समेत रहेका छन् । गत स्थानिय तहको चुनावमा स्वतन्त्रबाट वडा सदस्यमा उम्मेद्धारी दिएका दाहाल झिनो मतले पराजित भएका थिए ।

सम्बन्धित खवर