पुस १५ देखि १९ गतेसम्म पथरीशनिश्चरेका १८ वर्ष माथिकालाई भेरोसिल खोप लगाइने

पुस १५ देखि १९ गतेसम्म पथरीशनिश्चरेका १८ वर्ष माथिकालाई भेरोसिल खोप लगाइने

पथरी, पुस १५ देखि १९ गतेसम्म मोरङको पथरी शनिश्चरे नगरका १८ वर्षमाथिकालाई कोरोना भाइरस विरुद्धको भेरोसेल खोपको पहिलो मात्रा लगाउने कार्यक्रम तय भएको छ ।

१८ वर्षमाथिका खोप लगाउन बाँकी रहेकाहरुका लागि पहिलो मात्राको भेरोसेल खोप लगाउने सम्बन्धमा नगरस्तरीय खोप समन्वय समितिको बैठक बसी वडा वडामा खोप लगाउने तालिका तय गरेको हो ।

नगर प्रमुख दिलीपकुमार राईको अध्यक्षताको बैठकले पुस १५ र १६ गते वडा नम्बर १ र ३ को आधारभूत स्वाथ्य सेवा केन्द्रमा, १७ र १८ गते वडा नम्बर २ को नगर अस्पतालमा र ७ को आधारभूत स्वास्थ्य सेवा केन्द्रमा खोप लगाउने निर्णय गरेको छ । त्यस्तै, हसन्दहतर्फ १५ र १६ गते वडा नम्बर ६ का लागि आधारभूत स्वास्थ्य सेवा केन्द्र मंगलबारेमा, १७ र १८ गते वडा नम्बर ५ को हसन्दह स्वास्थ्य चौकीमा खोप लगाइने छ ।

शनिश्चरेतर्फ, १५ र १६ गते वडा नम्बर ८ को आधारभूत स्वास्थ्य सेवा केन्द्र र १० को वडा कार्यालय, १७ र १८ गते वडा नम्बर ४ को आधारभूत स्वास्थ्य केन्द्र र ९ को वडा कार्यालयमा खोप लगाइने तयारी गरिएको स्वास्थ्य कर्मचारी यामबहादुर खड्काले जनाउनु भयो ।

छुटपुट भएकाहरुका लागि पुस १९ गते नगर अस्पताल, शनिश्चरे स्वास्थ्य चौकी र हसन्दह स्वास्थ्य चौकीमा खोप लगाउने कार्यक्रम रहेको छ । जसका लागि वडास्तरबाट समेत प्रचार प्रसार गर्ने निर्णय भएको छ ।

सम्बन्धित खवर