पथरी / मोरङको पथरी शनिश्चरे नगरका वडाहरुमा पशुपंक्षीहरुका लागि सुरु गरिएको निःशुल्क खोप अभियान अन्तर्गत सोमबार वडा नम्बर २ मा कार्यक्रम सञ्चालन भएको छ ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा केन्द्र प्रदेश १ को सहयोगमा नगरको पशुपंक्षी शाखाको आयोजनामा सम्पन्न शिविरमा १ हजार २ सय वटा बाख्रालाई पीपीआर र ५ सय ५० वटा गाई भैंसीलाई खोरेत विरुद्धको खोप लगाइएको छ । आइतवार वडा नम्बर ३ मा खोप लगाइएको थियो । आज ४ नम्बर वडा कार्यालय परिसरमा खोप लगाइने पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहालले जनाउनु भयो ।
यसैबीच, हिजो पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय विराटनगरका पशु चिकित्सक विनोद शाह र पशुविकास अधिकृत हिमादेवी गौतमको टोलीले खोपको अनुगमन् गरेको छ