मेलमिलापकर्ताहरुका लागि सञ्चालित ३ दिने कानूनी आधारभूत शिक्षा कार्यक्रम सम्पन्न

मेलमिलापकर्ताहरुका लागि सञ्चालित ३ दिने कानूनी आधारभूत शिक्षा कार्यक्रम सम्पन्न

पथरी, मोरङको पथरी शनिश्चरे नगरका मेलमिलापकर्ताहरुका लागि सञ्चालित ३ दिने कानूनी आधारभूत शिक्षा कार्यक्रम आइतबार सम्पन्न भएको छ ।

कार्यक्रममा नगर प्रमुख दिलीपकुमार राईले नगरको न्याय सम्पादनमा मेलमिलापकर्ताहरुको भूमिका महत्वपूूर्ण रहेको वताउँदै सो तालिमले अझ पुनर्ताजगी गराएको उल्लेख गर्नुभयो ।

न्यायिक समितिले आयोजना गरेको पुनर्ताजगी कार्यक्रममा नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले मेलमिलापकर्ताहरुको सक्रियतामा न्यायिक समितिले हालसम्म २ हजार वटा उजुरीहरु निरुपण गरेको बताउनु भयो । उहाँले सरकारको स्वमुल्यांकनमा शतप्रतिशत अंक ल्याएर जिल्लामा नमूना काम गर्न सफल भएको उल्लेख गर्दै यसको निरन्तरताका लागि मेलमिलापकर्ताहरुको सक्रियता महत्वपूर्ण हुने जनाउनु भयो । न्यायिक सदस्य पर्शुराम न्यौपानेको स्वागत मन्तव्य रहेको थियो ।

कार्यक्रममा, तालिमका प्रशिक्षार्थीहरु रुद्रकुमारी गिरी, रुक्मिणा बजगाईं र देवीप्रसाद भेटवालले छुट्टै कार्यालयको अभावको अवस्थामा पनि उजुरी मेलमिलापका लागि आफुहरुको सक्रियता रहेको उल्लेख गर्दै तालिमले पुनर्ताजगी भएको बताउनु भयो । सहभागिलाई प्रमाणपत्र वितरण गरिएको छ । १० वटा वडामा रहेका मेलमिलापकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको कानून व्यवसायी अधिवक्ता गणेशराज लुइटेलले सहजिकरण गर्नुभएको थियो । लुइटेलले पथरी शनिश्चरेको न्याय सम्पादनको सक्रियताको प्रशंसा समेत गर्नुभयो । पथरी शनिश्चरेले जिल्लामै पहिलो पटक मेलमिला समिति गठन गरेर तालिम सञ्चालन गर्न सफल भएको पनि लुइटेलले बताउनुभयो ।

सम्बन्धित खवर