पथरीशनिश्चरे–८ को नवनिर्मित भवनको उद्घाटन

पथरीशनिश्चरे–८ को नवनिर्मित भवनको उद्घाटन

पथरी, मोरङको पथरीशनिश्चरे–८ नम्बर वडा कार्यालयको नवनिर्मित भवनको आज एक औपचारिक कार्यक्रमका बीच उद्घाटन गरिएको छ ।

नगर प्रमुख दिलिपकुमार राईको प्रमुख आतिथ्यता, उपप्रमुख यमुना विष्ट वास्तोला, प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल लगायतको सामुहिक उपस्थितिमा भवन उद्घाटन् गरिएको हो । यस्तै वडा नं. ८ कै सखुवारा मिलन चौकमा रहेको वडाको आधारभूत स्वास्थ सेवा केन्द्र भवनको पनि उद्घाटन गरिएको छ ।

सो कार्यक्रममा बोल्दै नगर प्रमुख राई, उपप्रमुख वास्तोला सहितले नगरले आफ्नो क्षमताले भ्याएसम्म वडा वडामा विकास निर्माणको काममा गति दिएर नगरवासीको सेवामा निरन्तर लागि परिरहेको बताउनुभयो ।

सोही कार्यक्रममा ४८ जना सहयोगीदातालाई सम्मानित गरिएको छ । वडाका महिला स्वास्थ्य स्वयमसेविका, विद्यालयका शिक्षक तथा कर्मचारी, ज्येष्ठ नागरिक सहितलाई सम्मानित तथा पुरस्कृत गरिएको छ । वडाध्यक्ष बाबुराम दाहालको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

सोमबारे बजार व्यवस्थापन समितिको ३ कठ्ठा १० धुरमा स्थानीय ४८ जनाले कम्तिमा २० हजार रुपैयाँका दरले रकम सहयोग गरी थप १ कठ्ठा जग्गा खरिद गरेर वडा कार्यालय भवनको निर्माण गरिएको हो ।

सम्बन्धित खवर