मेलमिलापकर्ताहरुका लागि कानूनी आधारभूत शिक्षा कार्यक्रम

मेलमिलापकर्ताहरुका लागि कानूनी आधारभूत शिक्षा कार्यक्रम

पथरी, मोरङको पथरी शनिश्चरे नगरका मेलमिलापकर्ताहरुका लागि ३ दिने कानूनी आधारभूत शिक्षा कार्यक्रम आजबाट सुरु भएको छ ।

कार्यक्रमको नगर प्रमुख दिलीपकुमार राईले उद्घाटन् गर्दै नगरको न्याय सम्पादनमा मेलमिलापकर्ताहरुको भूमिका महत्वपूूर्ण रहेको चर्चा गर्नुभयो ।

न्यायिक समितिले आयोजना गरेको पुनर्ताजगी कार्यक्रममा नगर उपप्रमुख एवम् न्यायिक समिति संयोजक यमुना विष्ट वास्तोलाले मेलमिलापकर्ताहरुको सक्रियतामा न्यायिक समितिले हालसम्म २ हजार वटा उजुरीहरु निरुपण गरेको बताउनु भयो । उहाँले सरकारको स्वमुल्यांकनमा शतप्रतिशत अंक ल्याएर जिल्लामा नमूना काम गर्न सफल भएको उल्लेख गर्नुभयो ।

कार्यक्रममा नगरका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद खरेल, न्यायिक समिति सदस्य भद्रमान विश्वकर्माले मन्तव्य व्यक्त गर्नुभयो । १० वटा वडामा रहेका मेलमिलापकर्ताहरुको सहभागिता रहेको कार्यक्रमको कानून व्यवसायी अधिवक्ता गणेशराज लुइटेलले सहजिकरण गर्नुभएको छ ।

सम्बन्धित खवर