पथरी प्रहरीको सफलता, पथरीमा घर, पसल देखि कारसम्म चोरी गर्ने गिरोह पक्राउ

पथरी प्रहरीको सफलता, पथरीमा घर, पसल देखि कारसम्म चोरी गर्ने गिरोह पक्राउ

पथरी, इलाका प्रहरी कार्यालय पथरीले श्रृङ्खलाबद्ध रुपमा चोरी गर्दै आएको गिरोहलाई पक्राउ गर्न सफल भएको छ ।

चोरी गरेका समान सहित मंसिर २६ गते पथरीशनिश्चरे १ का १९ वर्षीय निमा तामाङ र सोही उमेरका सन्तोष सुब्बा पक्राउ परेका हुन् । उनिहरुको साथबाट चोरी गरेका सामानहरु मोबाइल ३ थान, ट्याबलेट १ थान, चाँदीको सिक्री १ थान र गाडीको चाबी १ थान फेला परेको इलाका प्रहरी कार्यालय पथरीका प्रमुख (डिएसपी) कृष्ण खड्काले जानकारी दिनुभयो ।

प्रतिवादी द्वय तामाङ र सुब्बाले मंसिर २१ गते राति पथरीशनिश्चरे १ मा रहेको बलराम शाहको पसल फोडेर ४६ हजार रुपैँया बराबरको नगद र सामान चोरी गरेका थिए । तामाङले मंसिर १७ गते राति पथरी बजारमा पार्किङ गरेर राखेको रोशन बुढाथोकीको गाडी (कार) को ढोका खोलेर कानेपोखरी पु¥याएका थिए । कानेपोखरीमा पुगेपछि गाडी छाडेर तामाङ फरार भएका थिए ।

सोही दिन राति संजय शाहको घरमा पार्किङ गरेर राखेको कारको ढोका खोलेर चोरी गर्न खोज्दा शाहले थाहा पाएपछि फरार भएका थिए । सोही दिन राति नै पिन्टु शाहको छोरीको सुनको सिक्री १ थान, चाँदीको सिक्री १ थान र १ थान मोबाइल समेत चोरी गरेका थिए । शाह कोठामा सुतिरहेको अवस्थामा सो सामानहरु चोरी गरेका थिए । गोस लाइन एरियाबाट १ थान ट्याबलेट समेत चोरी गरेको सो समुहले मंसिर २३ गते राति राज कुमार श्रेष्ठको घरबाट २ थान मोबाइल समेत चोरी गरेको थियो ।

प्रतिवादी दुबैजनालाई जिल्ला अदालत मोरङबाट म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रमुख खड्काले जानकारी दिनुभयो । प्रतिवादी तामाङ यसअघि पनि २०७७ असार २२ गते शनिश्चरेबाट डाका मुद्धा चलाइएकामा साउन १३ गतेको आदेशानुसार अभिभावकलाई जिम्मा लगाइ बाल सुधार केन्द्र पठाइएको थियो ।

सम्बन्धित खवर