जनप्रतिनिधि आएपछि पहिलोपटक नगरमा बालसञ्जाल गठन

जनप्रतिनिधि आएपछि पहिलोपटक नगरमा बालसञ्जाल गठन

पथरी, मोरङको पथरी शनिश्चरे नगरमा एक कार्यक्रमकाबीच मंगलबार नगर बाल सञ्जाल गठन गरिएको छ ।

स्थानीय तहको निर्वाचन पश्चात बालबालिकाका क्षेत्रमा हुने गतिविधिहरु पथरीशनिश्चरेमा ठप्प जस्तै थिए । नगरमा बाल सञ्जाल नभए पछि बालबालिको क्षेत्रमा विनियोजन हुने बजेट समेत नगरले खर्च गर्न नसकिरहेको थियो । नेपाल सरकारले बालमैत्री नगर घोषणा गर्नुपर्ने अवधारणा ल्याएपनि कानमा तेल हालेर बसेको नगरले लुथरन विश्व फेडेरेसनले चासो दिएपछि २ दिने तालिम समेत सम्पन्न गरेको छ ।

वडा बाल क्लवका प्रतिनिधिहरुलाई सहभागि गराई २ दिने बालअधिकार अभिमुखिकरण कार्यक्रमको समापनसँगै नगर बाल सञ्जाल गठन गरेको हो । तालिमका लागि लुथरन विश्व फेडेरेशनले सहयोग गरेको थियो । भूटानी शरणार्थी बालबालिकाहरुलाई समेटेर आयोजनाको गरिएको तालिमको समापनसंगै संजालको नगर अध्यक्षमा मुरारी खनाल चयन हुनु भएको छ । उपाध्यक्ष, सचिव, सहसचिव र कोषाध्यक्षमा क्रमशः सृजन घिमिरे, पूर्णिमा पौदार, आकृति लिम्बू र आर्जु न्यौपाने चुनिनु भएको छ ।

सदस्यहरुमा, रमिला थापा, रेजिना राई, कृष भट्टराई, उत्सव धिमाल, विवश कार्की, गंगा भण्डारी, दिया भट्टराई चयन हुनु भएको छ । ४ नम्बर वडाको प्रतिनिधित्वका लागि एक जना सदस्य पद वडा बालसञ्जालको सिफारिसमा पूर्ण गरिने निर्णय भएको छ ।

लुथरन विश्व फेडेरेशनका लिलबहादुर कार्की, अभिमुखिकरण कार्यक्रमका सहजकर्ता कोभिड संकट बाल संरक्षण सहाययता स्वयमसेवी समूह राष्ट्रिय बाल अधिकार परिषदका सदस्य प्रजेस खनाल, नगरको महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेलले सहभागिलाई प्रमाणपत्र वितरण गर्नुभयो ।

सम्बन्धित खवर