कामना सेवाद्वारा क्याम्पसलाई डस्टविन वितरण

कामना सेवाद्वारा क्याम्पसलाई डस्टविन वितरण

पथरी, विगत अढाई वर्ष देखी पथरीशनिश्चरेमा आफ्नो शाखा संचालन गरीरहेकाे कामना सेवा विकास बैंकले डस्विन बितरण गरेकाे छ । बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत आज पथरीमा रहेको पथरी बहुमुखी क्याम्पसलाई डस्टविन वितरण गरेको हाे ।

पथरी बहुमुखी क्याम्पसको प्राङ्गणमा गरीएको कार्यक्रममा बैंकका तर्फबाट बैंकका प्रदेश नं. १ का प्रमुख खिमलाल भुषाल, विराटनगर क्लस्टर प्रमुख विजय राज वानियाँ, पथरी शाखा प्रमुख रामचन्द्र भट्टराई लगायत पथरी शाखाका सम्पूर्ण कर्मचारीहरुको सहभागीता रहेका थियो । क्याम्पसका तर्फबाट क्याम्पस प्रमुख चेतन पौडेल, सहायक क्याम्पस प्रमुख शान्तिराम तिम्सिना लगायत प्राध्यापक, कर्मचारी एवम् विधार्थीहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा क्याम्पसका सहायक प्रमुख तिम्सीनाले स्वागत गर्दै आउँदा दिनमा पनी यस प्रकारको कार्यक्रमहरु गर्दै एकआपसमा सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरा राख्नुभएको थियो । बैंकको तर्फबाट कार्यक्रमको बारेमा स्पष्ट पार्दै बैंकका प्रदेश प्रमुख भुषालले बैंकले संस्थागत सामाजिक उत्तरदायीत्व अन्तर्गत क्याम्पसमा डस्टविन वितरण गरिएको बताउनु भयो । आउँदा दिनमा पनि क्याम्पस लगायत सिङ्गो समुदायमा नै यस किसिमको कार्य गरी समुदायसँग हातेमालो गर्दै अगाडी बढ्ने कुरामा बैंक सँधै सकारात्मक रहेको कुरा प्रस्ट पार्नुभयाे । यता कार्यक्रम समापन गर्ने क्रममा बोल्दै क्याम्पस प्रमुख पौडेलले क्याम्पसले उत्पादन गरेका विधार्थीहरु समेत बैंकमा रहेको र त्यसले आफुहरुलाई गौरवान्वित बनाएको कुरा बताउनुभयाे । बैंकले गरेको सानो सहयोगले पनि क्याम्पसलाई ठुलो प्रभाव पार्ने बताउँदै आउँदा दिनमा पनि यस्तै सहयोगको अपेक्षा रहेको पाैडेलले बताउनु भयो ।

नेपाल राष्ट्र बैंकबाट राष्ट्रिय स्तरको विकास बैंकको ईजाजत प्राप्त गरी नयाँ आधुनिक तरिकाले सहज र सरल ढङ्गबाट बैंकिङ सेवा प्रदान गर्दै आएको कामना सेवा विकास बैंकले १२९ वटा शाखा तथा १ एक्स्टेन्सन काउन्टर र ७७ वटा एटिएम मार्फत देशको सातै प्रदेशमा आफ्नो उपस्थिती जनाएको छ ।

सम्बन्धित खवर