नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी

नेपाली काँग्रेस गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी भएका छन् । आइतबार बिहान सकिएको मतगणनाअनुसार शर्मा सभापति पदमा निर्वाचित भएका हुन् ।
वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका शर्मासँग उनका निकटतम प्रतिद्वन्द्वी सभापति शेरबहादुर देउवा समूहका अर्जुन जोशी पराजित भएका हुन् ।

१ हजार १४६ मत खसेकोमा शर्माले ६ सय १२ मत आएर काँग्रेसको पहिलो गण्डकी प्रदेश सभापति बन्न सफल भएका हुन् । काँग्रेस केन्द्रीय सदस्य जोशीले ५ सय २८ मत ल्याउँदा शर्मासँग पराजित भएका छन् । उपसभापतिमा देउवा पक्षका मेखलाल श्रेष्ठ बाहेक बाँकी पदाधिकारी शर्मा प्यानलकाले जितेका छन्।

सम्बन्धित खवर