कांग्रेसको केन्द्रिय महाधिवेशनमा मोरङका २४ वर्षीय युवा प्रतिनिधि

कांग्रेसको केन्द्रिय महाधिवेशनमा मोरङका २४ वर्षीय युवा प्रतिनिधि

पथरी, राजनीतिमा पछिल्लो समय युवाहरुको आर्कषण बढिरहेको छ । नेतृत्व वर्गमा समेत युवाहरुको भुमिका आवश्यक ठान्न थालिएको आमा नेता कार्यकर्ताहरुले बताइरहेका छन् ।

नेतृत्वमा युवा आउनुपर्ने आमा कार्यकर्ताको माग बढिरहेका बेला केन्द्रिय महाधिवेशन प्रतिनिधिमा मोरङबाट २४ वर्षीय युवा बिजय तोलाङ्गी निर्वाचित भएका छन् । मोरङको बेलबारी २ घरभएका तोलाङ्गी कक्षा ८ मा पढ्दा देखि नै राजनीतिमा लागेका हुन् ।

सावित्री मा.वि.मा नेविसंघ सचिव, सभापति हुदै सुकुना बहुमुखी क्याम्पसमा समेत सहसचिव, सचिव हुदै हाल सभापतिको जिम्मेवारी निभइरहेका छन् । क्षेत्र नं. ३ बाट दलित कोटामा प्रतिनिधि बनेका तोलाङ्गी केन्द्रिय महाधिवेशन प्रतिनिधिमा निर्विरोध निर्वाचित भएका हुन् ।

युवा सजगता अभियान मोरङ्गको संयोजक, नेपाल दलित संघका केन्द्रिय महाधिवेशन प्रतिनिधि लगायत दर्जनौ संघसंस्थामा उनि आवद्ध रहेका छन ।

कांग्रेसमा केन्द्रिय सभापतिका उम्मेदवार डा. शेखर कोइराला, नेता डा. सुनिल कुमार शर्मा, ललितबहादुर श्रेष्ठ लगायतका नेताहरुसंग उनी निकट मानिन्छन । राजनीतिलाई बिशुद्ध समाजिक सेवा गर्ने प्रबित्र स्थलको रुपमा लिने उनी अबको काङ्ग्रेसको नेतृत्व उमेरले मात्र होईन बिचार, काम र कृयाशिलताले पनि युवा हुनुपर्छ भन्ने मान्यता राख्छन ।

सम्बन्धित खवर