दुर्घटनामा परी खोटाङकी चेलीको रोमानीयामा मृत्यु

दुर्घटनामा परी खोटाङकी चेलीको रोमानीयामा मृत्यु

रोमानीया, खोटाङको ऐसेलुखर्क गाउँपालिका वडा नं. ४ की पार्वती राईको दुर्घटनामा परी निधन भएको छ । आज बिहान ८ः३० बजेको समयमा कामका लागि बाहिर निस्कने क्रममा हिउमा गाडी चिप्लिएर अनयिन्त्रित भएको थियो । चिप्लिएको गाडीले सडक छाडेर ट्रेनको लिगमा पुग्दा ट्रेनले ठक्कर दिएको हो । सो गाडीमा सवार ३ जना मध्ये २ जना घाइते भएका छन् भने राईको घटना स्थलमा नै मृत्यु भएको हो ।

२४ वर्षीय राई विगत ४ महिना देखि रोमानीयाको सिबु शहरमा बस्दै आएकी थिइन् । कामको सिलसिलामा निस्किएका उनिहरुको व्यक्तिगत गाडी दुर्घटनामा परेको हो ।

सम्बन्धित खवर