उपप्रमुखको पहलमा बेसहारा महिलाको उद्धार

उपप्रमुखको पहलमा बेसहारा महिलाको उद्धार

पथरी, मोरङको पथरी शनिश्चरे नगर उपप्रमुख यमुन विष्ट वास्तोलाको पहलमा नगरमा बेसहारा अवस्थामा रहेकी एकजना महिलाको उद्धार गरी मानव सेवा आश्रम विराटनगरमा राखिएको छ ।

वडा नम्बर २ स्थित हरियाली सामुदायिक वन उपभोक्ता समूहको कार्यालय नजिकै जंगलमा केहि दिनदेखि ती महिला बेसहारा अवस्थामा बस्दै आएकी थिइन । सो को जानकारी पाएपछि नगर उपप्रमुख वास्तोलाको अगुवाईमा वन समूह अध्यक्ष कावुलबहादुर मगर, इलाका प्रहरी कार्यालय सहितले महिलाको संकटपूर्ण अवस्थाका बारेमा अनुगमन् गरेर उद्धार गरी आश्रम पठाइएको हो ।

ती महिला त्यहाँ केहि दिनदेखि वस्दै आएकी थिइन् । उपप्रमुख वास्तोलाको समन्वयमा यस अघि पनि बेसहारा अवस्थाका मानिसहरुलाई उद्धार गरी मानव सेवा आश्रम सहितका संस्थाहरुमा पठाएर उनीहरुको खाने, वस्ने, स्वास्थ्य र सुरक्षाको प्रवन्ध मिलाउँदै आइएको छ ।

सम्बन्धित खवर