प्रदेशको नाम अन्यौलमा, लामो छलफल गर्नु पर्छ : मुख्यमन्त्री राई

प्रदेशको नाम अन्यौलमा, लामो छलफल गर्नु पर्छ : मुख्यमन्त्री राई

पथरी, प्रदेश १ को नामाकरण अझै अन्यौल हुने देखिएको छ । प्रदेश नं. १ का मुख्यमन्त्री राईले प्रदेशको नामाकरणका लागि लामो छलफल गर्नुपर्ने बताए । विहिबार मोरङको पथरीमा आयोजित तिलक बान्तावा राईको स्मृति ग्रन्थको लोकार्पण गर्न आएका राईले प्रदेशको नामाकरण र समसामयिक विषयमा बोल्न चाहेन्न ।

सञ्चारकर्मीहरुले नामाकरणको विषयमा धारणा राख्नैपर्ने प्रश्न तेस्र्याएपछि राईले भने “नामाकरणको विषयमा लामै छलफल गर्नुपर्छ । आउने हिउँदे अधिवेशनमा यस विषयमा छलफल हुन्छ । आफ्नो पार्टि पनि बहुपहिचानवादी भएकाले बहुपहिचानलाई जोडेर नामाकरण गर्नुपर्छ भन्ने लागेको छ ।”

सम्बन्धित खवर