नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को सभापतिमा प्यानलसहित गणेश खड्का विजयी(मतपरिणामसहित)

नेपाली काँग्रेस क्षेत्र नम्बर ३ को सभापतिमा प्यानलसहित गणेश खड्का विजयी(मतपरिणामसहित)

पथरी / नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत मोरङ क्षेत्र नम्बर ३ को क्षेत्रिय सभापतिमा गणेश खड्का विजयी भएका छन् । कोइराला प्यानलका गणेशकुमार खड्काले २५८ मत ल्याउँदै आफ्नो प्यानलसहित विजयी बनेका हुन् ।

५१९ जना मतदातामा ५११ जनाले उक्त मतदानमा मत खसालेका थिए । सो मध्ये खड्काले २५८ मत ल्याउँदा देउवा प्यानलका राजेन्द्रप्रसाद ढकालले १९६ मत ल्याएका थिए । त्यस्तै स्वतन्त्र उम्मेद्धारी दिएका केशवप्रसाद दुलालले १५ मत प्राप्त गरेका थिए । उनि कोइराला निकट नै मानिन्छन् । यो सँगै क्षेत्र र महाधिवेशन प्रतिनिधि दुबैमा कोइराला प्यानलका उम्मेदवारहरूको अग्रता रहेको छ ।

यस्तो छ मतपरिणाम
सभापति
केशवप्रसाद दुलाल १५
गणेशकुमार खड्का २५८
राजेन्द्रप्रसाद ढकाल १९६

सचिव २
ईन्द्रबहादुर राई १३१
राजेन्द्रबहादुर अधिकारी २६४
राजेश खत्री २६१
शुशिल राई २१३

सह सचिव २
डम्बरबहादुर राई १६७
दिनेशकुमार सुवेदी २६९
मोहनप्रसाद रिमाल २४७
विशालसुब्बा लिम्बू १६९

प्रदेश क प्रत्यक्ष (खुल्ला तर्फ ) २
नरेन्द्र भट्टराई २९०
रामप्रसाद निरौला १३९
लाखबहादुर गुरुङ २९४

प्रदेश ख (खुल्ला तर्फ) २
जीवनकुमार राई २९४
नवराज सुवेदी १७१
शेषराज घिमिरे २४२

प्रत्यक्ष (खुल्ला तर्फ ) ३
ऋषिराज खतिवडा ११३
किशोर कार्की १६९
गीता बहादुर सोडारी २८२
डम्बर बस्नेत २९०
दिनेशप्रसाद गिरी २४५

समावेशी खस आर्य १

ओमशिवाकोटी १२९
पिताम्बर बाँस्कोटा २५७

समावेशी तर्फ आ.ज २
धनराज लिम्बू ८६
विगेन्द्र याखा २५७
विरेन्द्र गुरुङ १३८
सुरज लिम्बू २७५

समावेशी तर्फ (दलित) १
उर्मिला महरा २८०
डम्बरकुमारी विक ९८

समावेशी तर्फ थारु अपाङ्ग मुस्लिम मधेसी १
अमना चौधरी १४५
उमेशकुमार ठाकुर २७९

सम्बन्धित खवर