मोरङ क्षेत्र नं. १ (क) मा त्रिपक्षीय भिडन्त निश्चितः अर्जुन तुम्रोकको पक्षमा माहोल बन्यो

मोरङ क्षेत्र नं. १ (क) मा त्रिपक्षीय भिडन्त निश्चितः अर्जुन तुम्रोकको पक्षमा माहोल बन्यो

भोली अर्थात मंसिर ३ गते मिक्लाजुङको मधुमल्लामा समपन्न् हुन लागेको नेपाली कांग्रेसको प्रदेश निर्वाचन क्षेत्रको निर्वाचनमा सभापतिमा ३ जनाको भिडन्त निश्चित भएको छ । सभापति पदका आकांक्षीहरु उर्लाबारी–३ का अर्जुन तुम्रोक, उर्लाबारी–९ का नरबहादुर मोक्तान र उर्लाबारी–७ का पूर्व नगर सभापति बीरबल थापा चुनावी मैदानमा होमिएका छन् ।

यविबेला उनिहरु ३ नै जना नतिजा आफ्नो पक्षमा पार्न चुनवी रणनितिमा दिनरात नभनी खटिरहेका छन् । विहानको झुल्के घामदेखी रातको कठ्याङग्रिदो चिसो सम्म पनि उनिहरु रणनैतिक योजना बनाएर क्षेत्रिय प्रतिनिधि र काग्रेस जनको घरघरमा पुग्ने गरेका छन् । मोरङ क्षेत्र नं. १ (क) का सभापतिका उम्मेद्वार अर्जुन तुम्रोक आफ्नो प्रतिबद्धता पत्र बोकेर क्षेत्रीय प्रतिनिधि, वडासभापतिलगायतको घरघरमा पुग्ने गर्नु भएको छ ।

हाँले आफ्नो योजना भिजन कार्यकर्तामाँझ राखिरहनु भएको छ । उहाँले स्पष्ट रुपमा आफ्नो धारणा कार्यकर्तामाझ राख्दै आउनु भएको छ । पद प्राप्तीका लागि नभएर परिवर्तनका लागि आफ्नो उम्मेद्वारी रहेको बताउने तुम्रोक आम कार्यकर्ताहरुको पिरमर्काको बेला सारथी बन्नका लागि आफुले उम्मेद्वारी दिने निणर्य गरेको उहाँले बताउँदै आउनु भएको छ ।

सहयोगी भावनाका तुम्रोक सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहनु भएको छ । जहाँ समस्या पर्छ, त्यहाँ उहाँले सहयोग गर्दै आउनु भएको छ । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं. १ (क) को सभापतिमा दाबी प्रस्तुत गरेको उहाँको भनाई छ । तुम्रोकले आफु सभापति भएपछि क्षेत्रीय कार्यालयको भवन निर्माण गर्नेसमेत प्रतिबद्धता जाहेर गर्नुभएको छ ।

प्रत्येक वडामा पार्टीको वडा कार्यालयको व्यवस्थित व्यवस्थापन गर्ने, अर्ध वार्षिक रुपमा प्रदेश (क) अन्तर्गत सबै वडा समितिहरुलाई पार्टी संचालनमा अझ सक्षम र सबल बनाउन नियमित बैठक, छलफल, अन्तरक्रिया र प्रशिक्षणको व्यावस्था गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ । आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।

मोरङ क्षेत्र नं. १ (क) ३ जनाको उम्मेद्वारी परेसगै मिक्लाजुङ गाउँपालिकामा तुम्रोकको पक्षमा माहोल देखिएको छ भने उर्लाबारीको मंगलबारे क्षेत्रमा पनि तुम्रोक मजबुद देखिनु भएको छ । योजना र प्रतिबद्धताका साथ तुम्रोक अघि बढेका कारण पनि अधिकांश कार्यकर्ताहरुको चाहना सभापतिमा बनाउन लागि परेका छन् । तीन जना भिड्दा तुम्रोकको पल्लाभारी हुने निश्चित छ ।

सम्बन्धित खवर