मोरङ क्षेत्र नम्वर ३(क) को प्रदेश अधिवेसन प्रतिनिधिमा केदार बोहोराको उम्मेद्वारी

मोरङ क्षेत्र नम्वर ३(क) को प्रदेश अधिवेसन प्रतिनिधिमा केदार बोहोराको उम्मेद्वारी

पथरी । राजनैतिक पार्टी भनेर चिने देखीनै यानिकी १८ वर्षको कलिलो उमेर बाटै नेपाली कांग्रेस बनेका पथरी शनिश्चरे वडा नम्वर ३ का केदार बोहोराले १४ महाधिवेसनमा उम्मेद्वारी दिने घोषणा गरेका छन् ।
बोहोराले मोरङ क्षेत्र नम्वर ३(क) को प्रदेश अधिवेसन प्रतिनिधि पदमा उम्मेद्वारी दिएका हुन् ।
सवै सग मिलानसार स्वाभावका केदारले नेपाली काग्रेस पार्टीमा लागेदेखिनै संगठन भित्रको वितृष्णा, विक्रिति र विसंगतिका बारेमा युवा जमातमा चेतना अबिबृद्धि गर्ने एक सकारात्मक सोचका अभिकर्ताको रुपमा काम गर्दै आएका छन् ।
पार्टीको १३ औ महाधिवेसन ताकादेखी पार्टीभित्रको अन्तरकुन्तर थाहा पाउदै आएका केदारले १४ औ महाधिवसेनमा संगठन सुदृढिकरण, युवाहरुको सहि परिचालन, नेतृत्व विकास र सवल सक्षम नेतृत्वलाई उचित स्थान दिनु पर्ने माग सहित आफ्नो उम्मेद्वारी रहेको बताए।
बोहोराले नेपाली काग्रेसपार्टीको भातृसंगठन तरुण दल वडा समितिको सचिव भएर ५ बर्षे कार्यकाल सफल रुपमा संचालन गरिसकेका छन् ।
राजनितिलाई नितान्त सेवाको विषयका रुपमा उजागर गर्ने बाहोरा जनताको सेवा, संगठन सुदृढिकरण र संगठन विस्तारमा आहोरात्र खटिदैे बलियो संगठन निर्माण गरी जनताको भाग्य र भविष्य निर्धारण गर्ने कुरामा सवै लाग्नु पर्ने धारण राख्दछन् ।
यस्तै साझा र बलियो काग्रेस बनाउन बनाउन सके मात्रै आगमी दिनमा हुने स्थानिय, प्रदेश र सघको चुनावमा रुख चिन्ह लिएर उठ्ने उम्मेद्वारलाई घात नहुने बताउदै सवैको अपनत्वहुने गरिको काग्रेस बनाउन पनि आफ्नो उम्मेद्वारी रहेको उनले बताए ।
सहयोगी भावनाका बोहोरा सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित रहेका छन् ।
उनले सामाजिक क्षेत्रमा लायन्स क्लव अफ योङहार्ट पथरीशनिश्चरे नगरको सस्थापक अध्यक्ष, अन्य स-साना सामाजिक सघ सस्थामा रहेर काम गर्दै सामाजिक क्षेत्रमा पनि आफ्नो परिचय दिइसेका छन् ।
कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र ३(क) को प्रदेश अधिवेसन प्रतिनिधिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ ।
आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ ।

सम्बन्धित खवर