परिवर्तनका लागि भोट मलाई दिनुहोसः अर्जुन तुम्रोक

परिवर्तनका लागि भोट मलाई दिनुहोसः अर्जुन तुम्रोक

उर्लाबारी । नेपाली कांग्रेसका युवा नेता अर्जुन तुम्रोक यतिबेला मोरङ क्षेत्र नम्वर १ (क) को सभापति पदमा उम्मेद्वारी दिए सगै चुनावी प्रचारमा दैनिक जसो व्यस्त भेटिने गर्नु भएको छ ।
सरल, सहज र परोपकारी स्वभावका नेपाली कांग्रेसका युवा नेता अर्जुन तुम्रोक यतिबेला कांग्रेसजनको घरघरमा भेटिने गर्नु भएको हो ।
चुनावी माहोल सगै नेता तुम्रोक भलाकुसारी र दुखसुख साटासाट गर्न नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि, वडा सभापतिलगायतको घरदैलोमा पुग्ने गर्नु भएको छ ।
तुम्रोक राजनितिमा लाग्नुको मुख्य कारण पद प्राप्ती नभएको बताउछन् । उहा भन्नुहुन्छ “पार्टीमा काम गर्न पद नै हुनुपर्छ भन्ने हैन बाहीर रहेर पनि काम गर्न सकिन्छ तर काम गर भनेर पठाएका हरुले हरेक निरासाको सिकार बनाए धेरै हेरियो परिवर्तन भन्ने कुरा देखिएन तसर्थ परिवर्तनका लागि जिम्मेबारी लिने लक्ष्यका साथ उम्मेद्वारी दावि गरेको हुँ विस्वास मलाई सवैले भोट दिनुहुन्छ।” नेपाली काग्रेसमा जहिले पति क्रान्तिकारी विचारधारा राख्ने तुम्रोकले यस पटकको निर्वाचनमा पनि फरक तरिकाले मोरङ क्षेत्र नम्बर १ (क) को सभापतिमा मत मागिरहनु भएको छ ।
उहाँले पद ओगट्नका लागि नभई कांग्रेसलाई यस क्षेत्रमा थप सशक्त बनाउन उम्मेद्वारी दिएको बताउनु भएको छ ।
सहयोगी भावनाका तुम्रोक सामाजिक सेवामा पनि उत्तिकै सक्रिय रहनु भएको छ । जहाँ समस्या पर्छ, त्यहाँ तुम्रोकले सहयोग गर्दै आउनु भएको छ । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउन आफुले क्षेत्र नं। १ (क) को सभापतिमा दाबी प्रस्तुत गरेको उहाँको भनाई छ ।
तुम्रोकले आफु सभापति भएपछि क्षेत्रीय कार्यालयको भवन निर्माण गर्नेसमेत प्रतिबद्धता जाहेर गर्नुभएको छ । प्रत्येक वडामा पार्टीको वडा कार्यालयको व्यवस्थित व्यवस्थापन गर्ने, अर्ध वार्षिक रुपमा प्रदेश (क) अन्तर्गत सबै वडा समितिहरुलाई पार्टी संचालनमा अझ सक्षम र सबल बनाउन नियमित बैठक, छलफल, अन्तरक्रिया र प्रशिक्षणको व्यावस्था गराउने उहाँले प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।
आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्र्टीभत्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उहाँको भनाई छ ।
तुम्रोक सगै मंसिर ३ गते हुन गइरहेको निर्वाचनमा नरबहादुर मोक्तान र बीरबल थापा पनि चुनावी मैदानमा उत्रिदै हुनुहुन्छ ।

सम्बन्धित खवर