उर्लाबारी । नेपाली कांग्रेस मोरङ क्षेत्र नम्बर १(क) को उप-सभापतिमा सोमप्रसाद तिम्सिना (राम) ले उम्मेद्वारी घोषणा गरेका छन् ।
उर्लाबारी-३ का बर्तमान वडा सदस्य सोमप्रसाद तिम्सिना (राम) ले मोरङ क्षेत्र नं. १ (क) को उप-सभापतिमा उम्मेद्वारी दिए सगै उप-सभापति पदमा पनि चुनावी सगर्मी बढदै गएको छ ।
सहयोगी भावनाका तिम्सिना सामाजिक सेवामा पनि उत्तिकै सक्रिय युवाका रुपमा परिचित छन् ।
उर्लाबारी-३ मगलबारेमा २०५८ सालदेखी नुतन औसधि पसल सन्चालन गर्दै आएका सफल ब्याबसायिको छवि बनाएका तिम्सिनाले जहाँ समस्या पर्छ, त्यहाँसहयोग गर्दै आएका छन् । कांग्रेसलाई चलयमान र सशक्त रुपमा अघि बढाउदै काग्रेसका भातृसघठनहरुलाई चलायमान गराएर सबै आट्ने काग्रेस बनाउन आफुले क्षेत्र नं. १ (क) को उप-सभापतिमा दाबी प्रस्तुत गरेको उनको भनाई छ ।
तिम्सिना नेपाली काग्रेसको राजनितीमा २०६२ सालदेखी सक्रियरुपमा लागि परेका युवा हुन । उनले २०७२ को ससदिय निर्वाचनमा मोरङ क्षेत्र १ बाट प्रतिनिधि सभाका उम्मेदवार बनेका डिक बहादुर लिम्बुलाई जिताउन उनी अहोरात्र खटिएका थिए ।
आगामी स्थानीय, प्रदेश सभा र संघीय निर्वाचन क्षेत्रको निर्वाचनमा सबल र सक्षम नेपाली कांग्रेस पार्टीका उमेदवारलाई जिताउन सकृय रहने, कांग्रेसको विधान, नीति, नियम, आस्था र यसको उपयोगीताको विषयमा अन्य अन्तर पार्टीभित्र रहेका युवाजमात र व्यक्तित्वहरुलाई थप आकर्षत गर्दै नेपाली कांग्रेसमा अरु पार्टीका कार्यकर्ता कांग्रेसमा ल्याउने अभियानलाई नेतृत्व गर्न आफ्नो उम्मेदवारी रहेको उनको भनाई छ । तिम्सिना मोरङ क्षेत्र १ का सभापति खड्ग फागो पक्ष निकट मानिन्छ्न ।