म माथिबाट समन्वय गर्छु, तपाँईहरु काम गर्न दवाव दिनुस : रक्षा मन्त्री रिजाल

म माथिबाट समन्वय गर्छु, तपाँईहरु काम गर्न दवाव दिनुस : रक्षा मन्त्री रिजाल

मोरङ, रक्षा मन्त्री डा. मिनेन्द्र रिजालले विकासका काममा आफुले माथिल्लो स्तरबाट समन्वय गर्ने बताउनुभएको छ । शुक्रबार मोरङको पथरीशनिश्चरे ५ हसन्दहमा शुभकामना आदान प्रदान तथा भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री रिजालले यस्तो बताउनुभएको हो ।

हरेक कामका लागि आफुले समय दिन नसकेपनि आफ्नो ठाउँबाट समन्वय गर्ने र ती योजना सम्पन्न गर्नका लागि आफ्नो क्षेत्रबाट दवाव दिनुपर्ने मन्त्री रिजालले बताउनुभयो । आफ्नो कार्यकालमा रतुवा, बक्राहा खोला तटबन्ध, सिक्टी हसन्दह सडक निर्माण लगायतका कामहरु सम्पन्न गर्ने गरी काम गरिरहेको बताउनुभयो ।

सिक्टी हसन्दह सडकका लागि यस पटक २५ करोड रुपैँया बिनियोजन गरेको रिजालले बताउनुभयो । सो रकम समयमा खर्च हुने हो की हैन् भन्ने विषयमा बढि केन्द्रित हुनुपर्ने अवस्था रहेको रिजालको भनाइ छ । सिक्टीबाट निर्माण सुरु हुने यो सडकको काम समयमा सुरु गर्नका लागि स्थानीय स्तरबाट सबैले भूमिका खेल्न मन्त्री रिजालले सुझाव दिनुभयो ।

आफ्नो निर्वाचन क्षेत्र समेत भएकाले मन्त्री रिजालले विवेश प्राथमिकतामा राखेर काम गरिरहेको बतउनुभयो । प्रदेश र स्थानीय सरकारमा समेत अफुले भन्नुपर्ने वा समन्वय गर्नुपर्ने अवस्थामा भएका आफु सदैव तयार रहेको मन्त्री रिजालले बताउनुभयो ।

पथरी शनिश्चरे वडा नं. ५ र ६ ले संयुक्त रुपमा आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रममा जिल्ला सभापति डिग बहादुर लिम्बू, जिल्ला सचिव नागेश कोइराला, मोदराज घिमिरे लगायतले कार्यक्रममा सम्बोधन गरेका थिए । सोही कार्यक्रममा नेकपा एमाले सहित विभिन्न पार्टी परित्याग गरी करिब २ दर्जन कार्यकर्ता नेपाली कांग्रेसमा पार्टी प्रवेश गरेका छन् ।

सम्बन्धित खवर