भोलीबाट हुने जनगणनाका लागि गणकसँग छलफल

भोलीबाट हुने जनगणनाका लागि गणकसँग छलफल

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित स्थानीय जनगणना कार्यालयले भोलीबाट सुरु हुने दोस्रो चरणको राष्ट्रिय जनगणना कार्यका लागि गणकहरुसँग गणकहरुको परिचालन, ब्यवस्थापन, सुपरीक्षणका विषयमा आज छलफल गरेको छ ।

जनगणनाका लागि पहिलो चरणको घरपरिवारको विवरण संकलन कार्य सकिएकाले अव दोस्रो चरणको जनगणनाका लागि मुख्य प्रश्नावली फारम भर्ने कार्य कार्तिक २५ बाट मंसिर ९ सम्म हुने छ । गणनाका बारेमा स्थानीय जनगणना कार्यलयका सविना राई र गुणराज थापाले सहजिकरण गर्नुभएको छ । जनगणनामा पथरी शनिश्चरेका लागि ८१ र कानेपोखरीमा ४८ जना गणक खटिने छन् ।

सम्बन्धित खवर