आगलागीको क्षतिको अवस्था बारे अनुगमन

आगलागीको क्षतिको अवस्था बारे अनुगमन

पथरी, मोरङको पथरी शनिश्चरे नगरपालिका कार्यालयले वडा नम्बर ६ स्थित तित्रीझाँकमा सुबोल चन्द्रवंशीको घरमा भएको आगलागीको क्षतिका बारेमा अनुगमन गरेको छ ।

नगर प्रमुख दिलीपकुमार राई, उपप्रमुख एवम अनुगमन समिति संयोजक यमुना विष्ट वास्तोला, पशुपंक्षी शाखा प्रमुख हेमचन्द्र दहाल सहितको टोलीले अनुगमन गरेको हो ।

कार्तिक २२ गते विहान साढे ९ बजेको समयमा टाटीको बेरा भएको टाँडे घरको टाँडबाट उठेको आगोले नगद ३६ लाख ७७ हजार सहित घर र घरको सम्पूर्ण सामान जलेर नष्ट भएको थियो । जग्गा किन्नका लागि लिइएको ऋण रकम दराजमा रहेको अवस्थामा आगोले जलेर नष्ट भएको पाइएको छ । नम्बर भएको अवस्थाका नोटहरु साट्ने व्यवस्थाका लागि वडा र नगरले नेपाल राष्ट्र बैंकलाई सिफारिस गर्ने भएको छ ।

आगलागीमा करिब २० मन सनपाट, घरमा भएको सम्पूर्ण खाधान्न, लत्ताकपडा लगायतका सम्पूर्ण सामानहरु जलेर नष्ट भएका छन् ।

सम्बन्धित खवर