धनुषामा बस दुर्घटना, १२ जना घाइते

धनुषामा बस दुर्घटना, १२ जना घाइते

जनकपुर, धनुषामा बस दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । बुधबार बिहान करिब पौने ८ बजे पूर्व–पश्चिम लोकमार्ग अन्तर्गत धनुषाधाम नगरपालिका वडा नम्बर ६ मालटोल स्थित बस अनियन्त्रित भएर २० फिट तल खस्दा बस दुर्घटना भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।

पश्चिम दाङबाट विराटनगर तर्फ जाँदै गरेको ना ६ ख ७१०२ नम्बरको बस अनियन्त्रित भइ सडकको दाहिनेपट्टी खस्दा आगलगी समेत भएको इलाका प्रहरी कार्यालय ढल्केवरका प्रहरी निरीक्षक प्रदीप सुवेदीले जानकारी दिए । बसमा सवार यात्रुमध्ये १२ जना घाइते भएको इप्रका ढल्केवरले जनाएको छ ।

घाइते हुनेमा सुनसरीको धरान नगरपालिका वडा नम्बर १६ बस्ने ४२ वर्षीया मुना सुवेदी, इटहरी नगरपालिका वडा नम्बर ४ बस्ने ३७ वर्षीया रेखा डाँगी, रुकुमको त्रिवेणी नगरपालिका वडा नम्बर ९ बस्ने ६० वर्षीय डाडाबिर डाङी, २८ वर्षीय कृष्ण बहादुर ओली, दाङको मुसुरे गाउँपालिका वडा नम्बर ३ बस्ने २४ वषीय शिव कुमार चौधरी, सल्याणको बनगाङ कपिण्डे नगरपालिका वडा नम्बर ८ बस्ने २३ वर्षीय टिका डिसी रहेका छन् ।

त्यस्तै झापाको मेची नगरपालिका वडा नम्बर १ बस्ने २८ वर्षीय कल्याण आचार्य, सिरहाको कर्जन्हा नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीया शान्ति कार्की, मोरङको रङगेली नगरपालिका वडा नम्बर ८ बस्ने ३६ वर्षीया संजिता आचार्य, ३१ वर्षीया बालिका डिसी र प्युठानको माणडवी गाउँपालिका वडा नम्बर २ बस्ने २४ वर्षीय केशव घर्ती मगर रहेको प्रहरी निरीक्षक सुवेदीले जानकारी दिए । घाइतेहरुको उपचार लालगढ स्थित मोडेल अस्पताल र पुष्पवलपुर स्थित अस्पतालमा भइरहेको धनुषा प्रहरीले जनाएको छ ।

सम्बन्धित खवर