देउसी खेलेर सडकमा बत्ती

देउसी खेलेर सडकमा बत्ती

बिकास निरौला, उर्लाबारी

उर्लाबारी नगरपालिका वडा नं. ४ स्थित खोर्सानीबारी छाता चोकका केही युवाहरुले देउसीबाट संकलित रकमले सडकमा बत्ती जडान गरेका छन् ।

देउसी भैलोबाट संकलित रकमलाई सामाजिक कार्यमा लगाएर समाजको विकाससंगै सकारात्मक सन्देश फैलाउन सडकको पोलमा बत्ती जडान गरेको देउसी टिमका युवा सन्तोष तामाङले बताएका छन् । देउसी भैलो खेलेर समाजबाट जम्मा गरेको रकम समाजको हितका लागि नै खर्च गर्ने भन्दै बत्ती जडान गरेर उदाहरणीय काम गरेको स्थानीयबासिहरुको भनाई छ ।

जम्मा भएको रकम एकछिनको रमाइलोमा खर्च गरेर आर्थिक भारमा पर्नुभन्दा सामाजिक कार्यमा लगाउन सके समाजलाई विकसित गर्न सकिने दुर्जन बिश्वकर्माको भनाई छ । देउसी खेलेर ९ हजार रुपैयाँ ऊठेको र जसमा ७ बल्व र जडान गर्न अन्य सामग्रीहरु ल्याउँदा ९ हजार २ सय रुपैयाँ लागतमा बत्ती जडान गरिएको तामाङले जानकारी दिएका छन् ।

उक्त अवसरमा रमित बिक, गणेश बिक, सुशील शेर्पा र सुमन बिक लगायत अन्य केही युवाहरुले आफैं जडान गरेका थिए । उक्त देउसी खेलेर ऊक्त कार्य सफल बनाउन साथ दिने स्थानीय युवा र स्थानीयबासीलार्इ धन्यवाद दिदै यस्तै समाजको बिकास गर्ने काममा साथ सहयोग गर्न स्थानीय कमल निरौलाले आग्रह समेत गरेका छन् ।

सम्बन्धित खवर