नेकपा एमालेका नेता गुरु भट्टराईले कुलमान घिसिङका समर्थकहरु अधिकांश जनजाती र अरु अनपढहरु भएको बताएका छन् । लोडसेडिङ अन्त्य कसरी भो, हाम्रो पावर कति थियो, चाहिने कति थियो, त्यो कसरी कहिले आयो, कसरी ब्यबस्था भयो जस्ता प्रश्नहरुको सत्य उत्तर सुन्न नचाहने र एकोहोरो बुबकुफ प्रश्न गर्ने भन्दै सामाजिक सञ्जालमा एक स्टाटसमार्फत उनले कुलमान समर्थकहरुलाई अनपढको संज्ञा दिएका छन् ।
उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘लोडसेडिङ अन्त्य कसरी भो, हाम्रो पावर कति थियो, चाहिने कति थियो, त्यो कसरी कहिले आयो, कसरी ब्यबस्था भयो? – यो प्रश्नको तथ्य तर्क र सत्यको उत्तर सुन्न नचाहने र एकोहोरो यस्ता बेबकुफ प्रश्न गर्नेहरु अधिकांश जनजाती (घिसिङ भएर होला) र अरु अनपढहरु छन् ।’ साथै उनले मिडियाहरुले पनि बिज्ञापनका लागि कुलमानको भजन गाएको आरोप लगाएका छन् ।