प्रकाश पाक्साँवा
तेह्रथुम / तेह्रथुम जिल्लाको छथर गाउँपालिका ३ पञ्चकन्याका ५५ विपन्न परिवारलाई खाद्यन्य तथा सिरक सहयोग प्रदान गरीएको छ । छथर गाउँपालिका ४ फाक्चामारा हाक्पारामा जन्म भई हाल हङकङमा कर्मथलो बनाउँदै आएका समाजसेवी शिव ईमेहाङका छोरा योगेन्द्र इमेहाङले आर्थीक रुपमा विपन्न परिवारलाई सहयोग गरेका हुन ।
आर्थीक रुपमा विपन्नता कै कारण समस्या हुँदै आएका परिवारलाई थोरै भएपनी सहयोग पुगोस् भन्ने उदेश्यका साथ चामल २५ किलो,सिरक एक थान र तेल एक पोका प्रति परिवार प्रदान गरीएको शिवले हङकङबाट जानकारी दिनु भयो । पत्रकार प्रकाश पाक्साँवाको समन्वयमा सामाग्री वितरण गरीएको थियो । छथर गाउँपालिका वडा नं ३ का वडाध्यक्ष तुलसीजंग थापा र दाताका प्रतिनिधी मनु तुम्सा इमेहाङले एक कार्यक्रमका बिच प्रदान गरीएको थिया । वडाध्यक्ष थापाले गाउँको दुरदराजमा रहेका विपन्न परिवारलाई सहयोग गर्नु भनेको महान कार्य भएको र दाता प्रति सम्मान व्याक्त गर्नु भएको थियो । आर्थीक रुपमा विपन्न र शरिरिक रुपमा अशक्त भएका परिवारलाई सहयोग गर्न दाता प्रति सँधै ऋणी रहेको बहुकुमारी श्रेष्ठले बताईन ।
वडाको वासिक,माङबालुङ,हिमाङदिङ,खिरखिरे,लुकुवा,फुलबारी,सन्सारे,दमाईगाउँ,वास्मेरी,ज्यामिरे,मापाङफे,खौवा,पञ्चकन्या लगायत वडा नम्बर ३ मा रहेका विपन्न परिवारलाई छनौट गरी सहयोग प्रदान गरीएको थियो । ईमेहाङले आफुले बगाएको पसिनाको कमाई समाजसेवा खर्चीदै आउनु भएको छ ।