सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ

सुनको सिक्री चोरी गर्ने २ जना पक्राउ

सुरेश यादव,नवलपरासी

पश्चिम नवलपरासी प्रहरीले चोरी भएको २ थान सुनको सिक्री सहित २ जना व्यक्तिलाई पक्राउ गरेकाे छ । लु ७४ प ४५०८ नम्बरको मोटरसाईकलमा सवार रहेका पश्चिम नवलपरासीकाे सुनवल नगरपालिका वडा नं. १२ बस्ने देवराज यादव र रामग्राम नगरपालिका वडा नं. १३ बस्ने अजय केवटलाई प्रहरी पक्राउ गरेको हो ।

चाेरी घटनाकाे खबर पाएपछि खाेजतलासमा खटीएकाे प्रहरी टाेलीले दुबै जनालाइ परासी बजार स्थित बुद्धचाेकमा पक्राउ गरेकाे पश्चिम नवलपरासी प्रहरीले जनाएको छ ।

घटना कार्तिक १३ गते बिहान १० बजेकाे हाे । बर्दघाट नगरपालिका वडा नं. ११ लण्डनब्रिज नजिक पैदल हिडिरहेकी एक महिलाले घाटीमा लगाई राखेको सुनको सिक्री मोटरसाईकलमा सवार अपरीचित मानिसहरुले लुटी भागेको थिए ।
प्राप्त सुचनाकाे आधारमा जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाइ टोली खटिई चेकजाँच बढाई खोजी भइरहेकाे थियो ।

भने बिशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले रामग्राम नगरपालिका वडा नं. ५ बुद्धचोकमा आज दिऊसाे १२ बजेको समयमा प्रहरी पक्राउ गर्न सफल भएकाे हाे ।
निजहरुको साथबाट २ थान सुनको सिक्री प्रहरीले बरामद गरेको छ । बरामद भएको सिक्री मध्ये १ थान कात्तिक १३ गते बर्दघाट नगरपालिका वडा नं. ११ लण्डनब्रिजबाट चाेरिएकाे तथा अर्को १ थान यहि कात्तिक ९ गते बर्दघाट नगरपालिका वडा नं.१३ धनेवा स्थितबाट चोरी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुबै जनालाई चोरी मुद्दामा मुद्धा दर्ता गरी आवश्यक अनुसन्धान कार्य भैरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले आईतवार पत्रकार सम्मलेन गरी घटना तथा आराेपितलाइ सार्वजनिक गरेकाे हाे ।

सम्बन्धित खवर