सुनवर्षीमा किसानलाई कृषि सामग्री वितरण

सुनवर्षीमा किसानलाई कृषि सामग्री वितरण

वीरेन्द्रकुमार साह
बिराटनगर, मोरङको सुनवर्षी नगरपालिका कृषि बिकास शाखाले आज एक कार्यक्रमको आयोजना गरि सुनवर्षी नगरपालिकाका किसानहरुलाई सिचाई मोटर, होन्डा पम्पसेट, साना मेसनरि औजार उपकरण अन्तर्गत मकै रोप्ने मेसिन (प्लान्टर ) मकै छोडाउने उपकरण (कर्नसेलर) लगायतको सामाग्री नगरपालिकाको किसानलाई बितरण गरेको कृषि बिकास शाखाका प्रमुख नरेश कुमार साहले बताएका छन् ।

उनका अनुसार नगरपालिकाको बिभिन्न वडाका किसानहरुलाई उक्त कृषी सामाग्री बितरण गरिएको हो । ५०% अनुदानमा सिचाई मोटर ४२ थान, ५०% अनुदानमै होन्डा पम्पसेट ३७ थान र साना मेसनरी औजार उपकरण अन्तर्गत मकै रोप्ने मेसिन (प्लान्टर ) ५६ थान तथा मकै छोडाउने उपकरण (कर्नसेलर ) ३३ थान बितरण गरिएको हो ।बितरण कार्यक्रममा नगर प्रमुख कालिप्रसाद दास, वडा न -९ का वडाअध्यक्ष कमलकिशोर सिंह , वडा न -६ का वडा अध्यक्ष तेज नारायण ताजपुरिया, कृषि प्राबिधिक मेलिना कार्की लगायतको उपस्थित रहेको थियो ।

किसानहरुको लागि थप पहिलाे प्राथमिकतामा राखेर कार्य गरिरहेकाे नगर प्रमुख दासले बताए । नगरमा कृषि क्षेत्र वढि रहेकाे र कृषककाे उत्पादनलाई वृद्धि गर्नका लागि नगरले साथ दिने दासले बताए ।

निवेदन दिएका कृषक समूह , कृषि फर्म तथा ब्यवसायिक कृषकहरु प्राथमिकताको आधारमा छनौट गरेको कृषि बिकास शाखाका प्रमुख नरेश कुमार साहले बताए। किसानको आवश्यकतालाई मध्यनजर गर्दै कार्यक्रमहरु गर्ने तथा थप योजना बनाएर अगाडी बढ्ने योजना रहेको शाहले बताए।

सम्बन्धित खवर