पिट्सबर्ग च्यालेन्ज कप फुटबलः बेलबारी १ –० ले विजयी

पिट्सबर्ग च्यालेन्ज कप फुटबलः बेलबारी १ –० ले विजयी

पथरी
मोरङ्गको पथरी शनिश्चरेमा जारी पिट्सबर्ग च्यालेन्ज कप फुटबल प्रतियोगितामा आजको खेलमा बेलबारी फुटबल क्लबले  प्रतिभा यूवा समाज सुधार क्लब पथरीशनिश्चरेलाई १ –० गोलान्तरले पराजित गर्दै अघिल्लो चरणको यात्रा तय गरेको छ ।
खेलको ४४ औँ मिनेटमा बेलबारीका कासिम राईले गरेको गोल नै निर्णायक बन्न पुग्दा  प्रतिभा यूवा समाज सुधार क्लब हार स्विकार्न बाध्य बन्यो ।  प्रतिभा यूवा समाज सुधार क्लबले खेलमा बराबरी गर्ने अवसरहरु पाए पनि अवसरको सदुपयोग गर्न नसक्दा बेलबारी फुटबल क्लबलाई जित सुम्पन पुग्यो ।
आजको खेलको मेन अफ द म्याच विजेता टिमका शंकर राई घोषित हुदैँ नगद २ हजार ५ सय रुपैँया प्राप्त गरे ।


थ्री रिभर्स एफ.सी. अमेरिकाको आयोजनामा शुरु प्रतियोगितामा झापा, मोरङ र सुनसरीको ९ र भुटानी शरणार्थीको एक टिम गरी १० टिमले सहभागिता जनाउँदैछन। प्रतियोगीताका सम्पूर्ण खेलहरु पथरीशनिश्चरे १० मा रहेको खेल मैदानमा संचालन भइरहेका छन् ।
प्रतियोगिता अन्तर्गत भोलीको खेल पथरी फुटबल क्लब र दमक फुटबल क्लब बिच हुनेछ। पथरीले यस अघिको खेलमा लेटाङ फुटबल क्लबलाई पराजित गरिसकेको छ भने दमक पहिलो खेल खेल्दैछ ।
प्रतियोगिताको प्रथम र दास्रो हुने टिमले क्रमशः १ लाख १ हजार र दोस्रोले ५१ हजार नगद ट्रफी, मेडल र प्रमाण–पत्र प्रदान गरिने प्रतियोगिता संयोजक गणेश थक्लुङ्गले जानकारी गराए ।
यस्तै प्रतियोगितामा हरेक खेलमा म्यान अफ द म्याच खेलाडीलाई २५ सय, विधागत रुपमा उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिड फिल्डर, उत्कृष्ट फवार्ड र हाइस्कोररलाई क्रमशः ५ हजार र म्यान अफ द टुर्नामेन्टलाई नगद रु. १० हजार र ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगीताको फाइनल खेल कार्तिक १९ गते हुनेछ ।

सम्बन्धित खवर