अपाङ्गता भएकालाई सहायक सामग्री बितरण

अपाङ्गता भएकालाई सहायक सामग्री बितरण

पथरी, मोरङको पथरी शनिश्चरे नगर क्षेत्र भित्रका शारीरिक अपाङ्ता भएका व्यक्तिहरुका लागि छुट भएका सहायक सामग्री आइतबार वितरण गरिएको छ ।

प्रदेशको सामाजिक विकास मन्त्रालय, करुणा फाउण्डेशन र नगरपालिकाको सहकार्यमा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रम अन्तर्गत सहायक सामग्री वितरण गर्ने क्रममा हिजो वडा नम्बर १ र ४ का ३ जनालाई ह्विल चियर वितरण गरिएको छ । नगर उपप्रमुख यमुना विष्ट वास्तोला, महिला तथा बालबालिका शाखा प्रमुख गीता कट्टेल तथा अपाङ्ता रोकथाम तथा पुनस्र्थापना कार्यक्रमका सहजकर्ता सहितबाट सामग्री वितरण भएको हो ।

यसैक्रममा नगर उपप्रमुख एवम् अनुगमन समिति संयोजक वास्तोलाले १० नम्बर वडा कार्यालयमा ताला तोडिएको घटनाको अनुगमन गर्नुभएको छ । शनिबार रातीको समयमा अज्ञात रुपमा कार्यालयको ताला तोडिएको घटनाको विषयमा प्रहरी प्रशासनले सत्यतथ्य चाँडो छानविन गर्नु पर्ने बास्तोलाले जनाउनु भयो ।

सम्बन्धित खवर